नवलपुर, पुष १३ गते । सेवानिवृत्त राष्ट्र सेवक समाज नवलपुरले ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरेको छ । हुप्सेकोट–४ झ्यालबासको देउराली प्राथमिक अस्पतालमा भएको शिविरमा दुई सय ९ जनाले सेवा लिएका समाजले जनाएको छ ।
समाजका अध्यक्ष डा नरनाथ पाण्डेका अनुसार विशेषज्ञ डाक्टरहरु फिजिसियन, जर्नल सर्जन तथा मेडिकल अफिसरबाट विशेष स्वास्थ्य परीक्षण र पारामेडिक्सबाट परामर्श सेवा प्रदान गरिएको हो ।
दुई सय ९ जनामध्ये ६५ जनाको भिडियो एक्सरे, ८४ जनाको ल्यावमा सुगर परीक्षण, पिसाब परीक्षण ४५ जनाको र ३५ जनाको दाँतको उपचार गरिउको पाण्डेले बताए ।
शिविरको सहआयोजकको रुपमा ज्येष्ठ नागरिक जिल्ला संघ नवलपुर रहेको थियो भने एनपिआइ कालीगण्डकी अस्पताल र मेडिकल डाइरेक्टर डा छविलाल थापाको टिम, कालीगण्डकी प्राविधिक शिक्षालय, कालिका डेण्टल र लायन्स क्लब अफ नवलपुरले प्राविधिक सहयोग गरेका थिए ।









