नवलपुर, पुस २६ गते । यात्रुबहाक बसमा राखेर लागुऔषध ओसारपसार गर्ने दुई जनालाई नवलपुर प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नवलपरासी बर्दघाट–१३ का २५ वर्षीय रामु नाउ र नवलपरासी सुनवल नगरपालिका–७ का २७ वर्षिय राजकुमारी कुँवर रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उनीहरुको साथबाट दुई हजार ७७० एप्पुल लागुऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी निरीक्षक विरेन्द्रराज गुरुङ्ले जानकारी दिए । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको यात्रुबहाक बसलाई कावासोतीको चालिसकिलो जंगलमा जेचजाँच गर्ने क्रममा लागुऔषदसहित उनीहरुलाई पक्राउ गरिएको गुरुङ्ले बताए ।
बरामद भएको लागुऔषध र संलग्न व्यक्तिमाथि अनुसन्धान गरी कारबाही प्रकृया अघि बढाइएको प्रहरीले जनाएको छ ।









