माघ १५ र १६ गते कावासोतीमा जिल्ला स्तरीय चेस प्रतियोगिता हुने

नवलपुर, माघ १२ गते । नवलपुरको कावासोतीमा आगामी माघ १५ र १६ गते जिल्ला स्तरीय चेस प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा मध्यविन्दु बहुमुखी क्याम्पसमा हुने छ । जिल्ला चेस एशोसियसनको आयोजनामा खुल्ला तथा विद्यालय स्तरीय प्रतियोगिता हुन लागेको आयोजक संस्थाका अध्यक्ष हिमलाल चापागाँईंले जानकारी दिए ।

प्रतियोगितामा सहभागि हुने टिमलाई दर्ताका लागि एशोसियसनले आग्रह गरेको छ । खुल्ला प्रतियोगिताका लागि दर्ता शूल्क एक सय रुपैयाँ राखिएको छ भने विद्यालय स्तरीय प्रतियोगितामा दर्ता शुल्क लाग्ने छैन ।

खुल्ला प्रतियोगितामा प्रथम हुनेले नगद १० हजार, दोस्रो हुनेले सात हजार र तेस्रो हुनेले पाँच हजार रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै विद्यालय स्तरीय प्रतियोगितामा प्रथम हुनेले पाँच हजार, दोस्रोले तीन हजार, तेस्रो हुनेले दुई हजार र सान्त्वना पुरस्कार एक हजार राखिएको अध्यक्ष चापागाँईंले जानकारी दिए ।