नवलपुर, भदौ ६ गते । नवलपुरको गैँडाकोट नगरपालिका–३ महेशखोला नजिकै कालीगण्डकी करिडोरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
बुलिङटारबाट ढोडेनीतर्फ आउँदै गरेको ना.२९ प ६७०७ नम्बरको मोटरसाइकलका चालकले उकालो सडकमा नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा बुलिङटार घर भई हाल गैँडाकोट–३ ढोडेनीस्थित मामाको घरमा बस्दै आएका अन्दाजी ४०/४२ वर्षीय हिराबहादुर सारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक अनिल पण्डितले जानकारी दिए ।
अनुहारमा चोट लागेर घाइते भएका सारुलाई उपचारका लागि भरतपुर सरकारी अस्पताल, चितवन पठाइएकोमा उपचारकै क्रममा मृत्यु भएको पण्डितले बताए ।









