नवलपुर-२ मा रास्वपाका खनाल भारि मतान्तरले निर्वाचित

बोमलाल गिरी
नवलपुर, फागुन २३ गते । नवलपुर निर्वाचन क्षेत्र नम्बर-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मनिष खनाल निर्वाचित भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार तिलक महतलाई फराकिलो अन्तरले पराजित गर्दै निर्वाचित भए ।

खनालले ४१ हजार ३४७ मत प्राप्त गरे । उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालका तिलक महतले १५ हजार ७५५ मत प्राप्त गरे । खनालले महतलाई २५ हजार ५९२ मतान्तरले पराजित गरे ।

नेपाली काँग्रेसका ओम बहादुर घर्तीले १४ हजार ७१३ मत तथा नेपाली कम्युनिष्ट पार्टीका गणेशमान महतोले एक हजार ५३८ मत प्राप्त गर्नुभयो ।

यहाँ ७९ हजार ६९२ मत खसेकोमा ३ हजार ४६२ मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।