नवलपुर, फागुन २४ गते । नवलपुर निर्वाचन क्षेत्र नम्बर १ मा ३४ वर्षपछि कांग्रेसको विरासत ढलेको छ । यहाँ कांग्रेसका बालकृष्ण घिमिरेलाई फराकिलो अन्तरले पराजित गर्दै रास्वपाका राजन गौतम फराकिलो मतान्तरले निर्वाचित भएका छन् ।
गौतमले ५० हजार ९ सय ४५ मत प्राप्त गरे भने निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका घिमिरेले १६ हजार २ सय ९३ मत पाए। गौतमले घिमिरेलाई ३४ हजार ६५२ मतान्तरले पराजित गरेका हुन् ।
२०४८ सालयताका सबै निर्वाचनमा यहाँ कांग्रेस विजयी हुँदै आएको नवलपुर-१ मा रास्वपाका ३९ वर्षीय गौतम निर्वाचित भए । यो क्षेत्रबाट कांग्रेसका डा शशाङ्क कोईरालाले चार पटक जितेका थिए ।
सक्रिय राजनितिमा आउनुअघि प्राध्यापन पेशामा रहेका गौतमले ०७९ को निर्वाचनमा पनि २४ हजार ५ सय मत प्राप्त गरेका थिए । दोस्रो पटकको प्रयासमा गौतम निर्वाचित भएका हुन् ।









