इजरायलको परमाणु संरचना रहेको शहरमा इरानको मिसाईल आक्रमण, १०० भन्दा बढी घाईते

इरानले इजरायलमा भीषण मिसाईल आक्रमण गरेको छ । इजरायलले शनिवार राति इजरायलको मुख्य परमाणु संरचना रहेको डिमोना शहरमा आक्रमण गरेको हो । आक्रमणमा १ सय भन्दा धेरै घाइते अलजजिराले जनाएको छ ।
इजरायलको आपत्कालीन सेवा म्यागेन डेभिड एडोमका अनुसार आक्रमणमा परी घाइते ८८ जनालाई अस्पताल भर्ना गरिएको छ।

जसमध्ये १० जनाको अवस्था गम्भीर छ भने १९ जना मध्यम घाइते छन् अनि ५५ जना सामान्य घाइते भएका छन्।
उक्त आक्रमण इरानको नतांज परमाणु केन्द्रमाथि गरिएको हमलाको प्रतिकारस्वरूप गरिएको इरानी सरकारी टेलिभिजनले जनाएको छ ।
आक्रमणपछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अरादका मेयरसँग कुरा गरेका छन्। नेतन्याहुले शनिबार साँझ भएको आक्रमणलाई ‘धेरै कठिन साँझ’ भनेका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हाम्रो भविष्यका लागि यो चलिरहेको अभियानमा यो साँझ धेरै कठिन छ। मैले मेरो कार्यालयका महानिर्देशकलाई सबै सरकारी मन्त्रालयहरूसँग मिलेर सबै आवश्यक सहयोग प्रदान गर्न निर्देशन दिएको छु।’

नेतन्याहुले थप लेखेका छन्, ‘म हाल घटनास्थलमा काम गरिरहेका आपत्कालीन र उद्धार टोलीहरूको प्रशंसा गर्छु र म सबैलाई होम फ्रन्ट कमान्डको निर्देशन पालना गर्न आग्रह गर्दछु।’

नेतन्याहुले शत्रुविरुद्ध आक्रमण जारी रहने पनि उल्लेख गरेका छन्। अमेरिका–इजरायले गत फेब्रुअरी २८ मा संयुक्त हवाई हमला गरी इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीलगायत शीर्ष नेता तथा अधिकारीको हत्या गरेयता निरन्तर युद्ध जारी छ।