देउवा दम्पत्तिलाई पक्राउ पूर्जी जारी

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्व परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गर्न जिल्ला अदालतबाट पक्राउ अनुमति लिइएको हो ।

गैरकानुनी सम्पत्ति आर्जनको अनुसन्धानको सिलसिलामा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीहरु विरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको हाे ।

अदालतले पक्राउ अनुमति दिइसकेको भए पनि देउवा दम्पत्ति नेपालमा नभएकाले प्रहरीले उनीहरुलाई पक्राउ गर्न सकेको छैन । हाल देउवा दम्पत्ति विदेशमा छन् । उनीहरूलाई आवश्यक परे इन्टरपोलमार्फत पनि नोटिस जारी गरेर ल्याउन सकिने गृह मन्त्रीनिकट स्रोतले जनाएको छ ।