राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम वाचन गरेर नसक्दै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) संसद बैठकबाट बाहिरिएका छन्। आज संसदको संयुक्त बैठकमा राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका वेला उनी निस्किएका थिए।
विगतमा भने राष्ट्रपति सम्बोधन सकेर निस्किएपछि प्रधानमन्त्रीलगायतका उच्च पदस्थ अधिकारीहरू निस्किने चलन थियो। राष्ट्रपतिले एक घण्टा १८ मिनेटसम्म नीति तथा कार्यक्रम बढेका थिए। तर, प्रधानमन्त्री ५६ मिनेटमा बाहिर निस्किएका हुन्। त्यसपछि उनी संसद् भवनमा प्रवेश गरेको देखिएको छैन।









