बाढी सतर्कता केन्द्रले तिब्बतबाट आएको भोटेकोशी नदीको भिषण बाढीको असर चितवनसम्म पर्न सक्ने भन्दै सतर्कता अपनाउन जनाएको छ ।
बाढी पूर्वानुमान शाखाले पृथ्वी राजमार्गसहित त्यस क्षेत्रका करिडोर सडक बन्द गरी आवागमन रोक्न सरकारलाई आग्रह गरेको छ । बाढीले रसुवा र नुवाकोटको तटीय क्षेत्रमा ठूलो क्षति पुगेको छ । यो क्षतिको असर मुग्लिङसम्म पर्ने र त्रिसुली नदी जोडिएका सबै तटीय क्षेत्र जोखिममा रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ ।
बाढी सतर्कता केन्द्रले तिब्बतबाट आएको भोटेकोशी नदीको भिषण बाढीको असर चितवनसम्म पर्न सक्ने भन्दै सतर्कता अपनाउन जनाएको छ । बाढी पूर्वानुमान शाखाले पृथ्वी राजमार्गसहित त्यस क्षेत्रका करिडोर सडक बन्द गरी आवागमन रोक्न सरकारलाई आग्रह गरेको छ । बाढीले रसुवा र नुवाकोटको तटीय क्षेत्रमा ठूलो क्षति पुगेको छ । यो क्षतिको असर मुग्लिङसम्म पर्ने र त्रिसुली नदी जोडिएका सबै तटीय क्षेत्र जोखिममा रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ ।
भोटेकोसी नदीमा बुधबार बिहान आएको बाढीका कारण रसुवामा १९ जना प्रहरी सम्पर्कविहीन भएका छन्। बागमती प्रदेश प्रहरी प्रमुख डीआईजी दीपक रेग्मीका अनुसार रसुवागढी प्रहरीचौकीका २२ प्रहरीमध्ये ९ जना मात्रै सम्पर्कमा छन्। अरु १३ जना सम्पर्कविहीन छन्। यस्तै स्याफ्रुबेसीमा पनि ६ जना प्रहरी हराइरहेका छन्। त्यहाँ ९ जना प्रहरी रहेकोमा ३ जना मात्रै सम्पर्कमा आएका छन । बाढीले प्रहरी कार्यालय पनि बगाएको छ। विपत् प्रभावित क्षेत्रमा तीनवटै सुरक्षा निकाय परिचालन गरिएको छ।









