नवलपुर, बैशाख २९ गते । जिल्ला प्रहरी कार्यालय नवलपुरले ३२ लाख रुपैयाँ मूल्य बराबरका अवैध सामान बरामद गरेको जनाएको छ । पुर्वपश्चिम राजमार्ग अन्तर्गत देवचुली नगरपालिका–१६ रजहरमा ना ५ ख ८९९० नम्बरको नुनको बोरा लोड गरी ल्याएको ट्रकबाट लुकाईछिपाई बिलबिजक नभएका सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी अनिल पण्डितले जानकारी दिए ।
बरामद गरिएका सामानमा ४५० किलो काँचो कफी, एयरबर्ड ८८० थान, मोवाइल टेम्पर ग्लास १७ हजार ८७० थान, स्मार्ट वाच दुई हजार १०० थान, मोवाइलमा टास्ने स्टिकर एक हजार थान, लेडिज सुट २२० थान, पुरुषले लगाउने जिन्स पाइन्ट र कटन पाइन्ट १३८ थान, साडी १७० थान र फाइवर ब्याग एक हजार ३०० थान रहेको पण्डितले जानकारी दिए ।
बरामद सामग्री आवश्यक कारवाहीका लागि महेशपुर भन्सार कार्यालय, नवलपरासी पश्चिम पठाइएको प्रहरीले जनाएको छ । भन्सार छलि चोरी निकासी भइरहेको भन्ने विशेष सुराकीका आधारमा अवैध सामान बरामद गर्न सफल भएको पण्डितको भनाइ छ ।









