बाटो अतिक्रमण गरी निर्माण गरीएका संरचना हटाउन नवलपुरका उद्योगी व्यवशायीको माग

नवलपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा जिल्लास्थित विभिन्न वस्तुगत सघहरूसँग अन्तर्क्रिया गरेको छ। कार्यक्रममा जिल्लामा रहेका बस्तुगत संधका अध्यक्ष, सचिव र प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

बस्तुगत संघका प्रतिनिधिहरुसँग व्यवसायी तथा उद्योगीका विभिन्न समस्या र सरोकारका विषयमा छलफल भएको नवलपुर उघोग वाणिज्य संघका प्रथम उपाध्यक्ष एवम् बस्तुगत समिति संयोजक गोविन्द क्षेत्रीले जानकारी दिए ।

अन्तर्क्रियामा नगरपालिकाहरुले विज्ञापन कर असुल गर्दा के कस्ता बोडहरुमा कर लाग्नेहो सो को पुर्व जानकारी दिनु पर्ने, परिचय बोर्ड राख्न पाउने मापदण्ड तथा साइज प्रष्ट निर्धारण गरिनुपर्ने , फोहर व्यावस्थापन शुल्क घटाउनु पर्ने, सडक पेटीमा राखीएका अनावश्यक बस्तु र बाटो अतिक्रमण गरी निर्माण गरीएका संरचना हटाउनु पर्ने, सार्वजनीक स्थल, बिजुली पोलहरुमा राखीएका फ्लेक्स वोडहरु हटाउनु पर्ने, दर्ता विना संचालीत डोर टु डोर र अनलाईन व्यापार बन्द गर्नुपर्ने माग गरिएको छ ।

सहभागीहरू बस्तुगत संघका प्रतीनिधीहरुले व्यवसाय सञ्चालन स्थलमा स्पष्ट देखीनेगरी व्यावसाय दर्ता र आन्तरिक राजस्व कार्यालयमा दर्ता भएको प्रमाण पत्र व्यवसाय सञ्चालन स्थलमा राख्न, खरीद बिक्री खाता र बिल भौचर अनीवार्य राख्न मातहतका सदस्यहरुलाई अनुरोध गर्ने निर्णय समेत गरेको छ ।

त्यसैगरी जिल्लाका उद्योगी–व्यापारीहरूको संरक्षण तथा प्रवर्द्धनका लागि एकजुट भएर अघि बढ्ने निर्णय समेत गरिएको छ। नवलपुर क्षेत्रलाई पर्यटन गन्तव्यका रूपमा विकास गर्न स्थानीय तथा प्रदेश सरकारसँग आवश्यक पहल गर्ने निर्णयसमेत गरिएको छ।

जिल्लाका विभिन्न स्थानमा बिना दर्ता सञ्चालन भइरहेका व्यापार–व्यवसायलाई रोक लगाउन सम्बन्धित स्थानीय तहसँग समन्वय गर्ने, मुख्य बजार क्षेत्रमा सिसी क्यामेरा जडान तथा सडक बत्ती व्यवस्थापन गर्न माग गर्ने निर्णय गरिएको नवलपुर उद्योग वाणिज्य सङ्घका महासचिव रमेश अधिकारीले जानकारी दिए।

साथै, नगरपालिकाबाट सङ्कलन भइरहेको व्यवसायिक करको दायरा विस्तार गर्दै करको दर समायोजन गर्न आग्रह गर्ने निर्णय पनि गरिएको छ।
कार्यक्रममा सङ्घका अध्यक्ष सागर पोखरेलले उद्योगी–व्यापारीहरूको हकहित संरक्षणका लागि नवलपुर उद्योग वाणिज्य सङ्घ सदैव सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहॅाले नवलपुर क्षेत्रको व्यापार, व्यावसाय प्रवर्धनमा सबैको सहकार्य रहनुपर्ने कुरामा जोड दिए ।

यसैबीच सङ्घले कावासोती–१६ स्थित गैँडाचोक क्षेत्रमा एकतर्फी सडक पार्किङ व्यवस्थापनका लागि स्ट्यान्ड र बोर्ड हस्तान्तरण गरेको सघका वरीष्ठ उपाध्यक्ष बालकृष्ण पाण्डेले जानकारी दिए । हस्तान्तरण कार्यक्रममा वडा नं. १६ का वडा अध्यक्ष आनन्द श्रेष्ठले नवलपुर उद्योग वाणिज्य सङ्घको पहलको प्रशंसा गर्दै यसले व्यापार प्रवर्द्धनसँगै सवारी दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।

नवलपुर उद्योग वाणिज्य सङ्घले जिल्लाका मुख्य तथा बढी जनघनत्व भएका सडक क्षेत्रमा एकतर्फी पार्किङ व्यवस्थापन अभियानलाई निरन्तर अघि बढाउँदै आएको छ।