कावासोती जंगलमा कार दुर्घटनामा चालकको मृत्यु

नवलपुर, जेठ ३ गते । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको कावासोती नगरपालिका -८ खरकट्टा जंगलमा कार दुर्घटना हुँदा चालकको मृत्यु भएको ।

नारायणघाटबाट बुटवल तर्फ जाँदै गरेको लु १ च ३५२३ नं. को कार आँफै अनियन्त्रित भई पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा कार चालक महोत्तरी मतिहानी नगरपालिका ३ का ६० वर्षीय श्रीनारायण यादवको उपचारको क्रममा मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक अनिल पण्डितले जानकारी दिए ।
घटनास्थलमा प्रहरी टोलि खटिई अनुसन्धान भईरहेको उनको भनाइ छ ।