नवलपुर, जेठ २६ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुर जिल्ला समितिको सभापतिमा दोमन बहादुर भण्डारी निर्वाचित भएका छन् । मंगलबार बिहान सकिएको मतगणनामा निकटतम प्रतिष्पर्धी गोकुल सापकोटालाई तीन मतले पराजित गर्दै भण्डारी निर्वाचित भएका निर्वाचन समितिले जनाएको छ ।
सोमबार भएको निर्वाचनमा सभापतिका लागि तीन जनाबीच कडा प्रतिष्पर्धा भएको थियो । भण्डारीले १४२ मत प्राप्त गरी निर्वाचित हुँदा सापकोटाले १३९ मत प्राप्त गरे । त्यस्तै कृष्णप्रसाद शर्माले १३६ मत प्राप्त गरे ।
त्यस्तै उपसभापतिमा जगबहादुर राना, सचिवमा विष्णु कडेल, सहसचिवमा सन्त बहादुर ठाडा मगर निर्वाचित भएका छन् । कुल ७५६ मतदाता रहेकोमा ४३३ अर्थात ५७ प्रतिशत मत खसेको रास्वपाले जनाएको छ ।









