नवलपुर, जेठ ३१ गते । पूर्वपश्चिम राजमार्ग अनतर्गत नवलपुरको गैँडाकोटमा भारतीय नम्बर प्लेटको गाडीले सकुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । अरका एक जना घाइते भएका छन् ।
नारायणघाटबाट कावासोतीतर्फ आउँदै गरेको युपी ५७ सीडी ९०१० नम्बरको भारती नम्बर प्लेटको कारले ग.प्र.०४-००१ प २३०७ नम्बरको स्कुटरलाई ठक्कर दिएको नवलपुर प्रहरीले जनाएको छ ।
कारको ठक्करबाट स्कुटरको पछाडी सवार हुप्सेकोट गाउँपालिका-१ की ७७ वर्षीया सावित्री भुसालको उपचारको क्रममा नयाँ मेडिकल कलेज भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक अनिल पण्डितले जानकारी दिनुभयो ।
दुर्घटनामा घाइते स्कुटर चालक सोही ठाउँकी ४० वर्षीया सीता भुसालको भरतपुरमा उपचार भईरहेको छ । दुवै सवारी साधन र कार चालक भारतको उत्तर प्रदेश जिल्ला सुखिनगर कसैयाका ४३ वर्षीय करुणा निधान मिश्रलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।









