नवलपुर, असार ९ गते । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको गैंडाकोट नगरपालिका–१० पितौजीमा हाइस दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । पोखराबाट कपिलवस्तुतर्फ जाँदै गरेको बा.प्र.०२०३ च १२०५ नम्बरको इभी हाइस सोमबार राति दुर्घटना परेको नवलपुर प्रहरीले जनाएको छ ।
दुर्घटनामा हाईस चालक प्यूठान माण्डबी गाउँपालिका–२ का २४ वर्षीय बिष्णु घर्ती, कपिलबस्तु कृष्णनगर नगरपालिका–२ का ३१ वर्षीय अर्बिन्द्र अग्रवाल, सोही ठाउँका २६ वर्षीया प्रभा अग्रवाल, उहाँका १८ महिनाको छोरी घाइते भएका छन् ।
त्यस्तै सोही ठाउँकै २६ वर्षीया रिधि सिंहघानिया, २३ वर्षीया शेरी सिङं, १७ वर्षकी सिवानि अग्रवाल र २६ वर्षका रिषभ अग्रवाल घाइते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक अनिल पण्डितले जानकारी दिए । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।









