गाडी दुर्घटनामा नगरपालिकाका उपप्रमुखको मृत्यु

प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मिनराज राना सवार गाडी दुर्घटनामा परेको छ ।

शनिबार दिउँसो स्वर्गद्वारी नगरपालिका–२ खाला भन्ने स्थानमा गाडी दुर्घटनामा परेको प्रमुख जिल्ला अधिकारी (सीडीओ) शान्तिराज प्रसाईंले जानकारी दिए ।

स्वर्गद्वारीबाट धनवाङतर्फ जाँदै गरेको लु.प्र.०१–००१ झ ०००८ नम्बरको सरकारी गाडी आफैं अनियन्त्रित भई करिब ५०० मिटर तल भीरमा खसेको हो । सीडीओ प्रसाईंका अनुसार, अहिले घटनास्थलमा प्रहरी पुगेको छ ।