फिफा विश्वकप फूटबलको गोल्डेन बुट होड थप रोमाञ्चक बनेको छ । नर्वेका एर्लिङ हालाण्डले ब्राजिल विरुद्ध थप दुई गोल गरेसँगै गोल्डेन बुट होड रोमाञ्चक बनेको हो । हालाण्डले पनि गोल संख्या ७ पुर्याएका छन् ।
यसअघि अर्जेन्टिनाका लिओनल मेस्सी र फ्रान्सका केलियन एम्बाप्पेले सात गोल पुर्याईसकेका थिए । गोल समान भए पनि असिस्टका आधारमा एम्बाप्पे सबैभन्दा अघि छन् ।
ईंग्ल्याण्डका कप्तान ह्यारी केनको ५ गोल छ । हालाण्डले यो विश्वकपमा अहिलेसम्म खेलेका सबै खेलमा गोल गरेका छन् । उनी समूह चरणमा फ्रान्सविरुद्ध खेलेका थिएनन् ।









