नवलपुरमा समस्याग्रस्त बाघ खोज्न सीसी क्यामेरा जडान

नवलपुर, भदौ ४ गते । नवलपुरको अरुणखोलामा बाखले दुईवटा गोरु, दुई गाई र १५ वटा बाख्रा मारेको छ । मध्यबिन्दु नगरपालिका–१४ द्‍वारीमा साउन २२ गतेदेखि भदौ ४ गतेसम्ममा १९ वटा घरपालुवा जनावरलाई आक्रमण गरी मारेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बाघको आक्रमण बढ्न थालेपछि उक्त स्थानमा चितवन राष्ट्रिय निकुञ्ज, डिभीजन बन कार्यालय नवलपुर र प्रहरी टोली बाघको निगरानीका लागि परिचालन गरिएको छ । बाघलाई खोजेर टार्ड गर्ने तयारी गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक अनिल पण्डितले जानकारी दिए ।

डार्ट गर्नुअघि बाघ रहेको सम्भावित क्षेत्रहरुमा सीसी क्यामेरा जडन गर्ने तयारी भएको र त्यसका लागि टोलीसमेत परिचालन गरिसकिएको उनको भनाइ छ । नवलपुरमा बाघले निरन्तरजसो मान्छे र जनावरलाई आक्रमण गर्ने गरेको छ ।