प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) असोज ६ गते अमेरिका जाने भएका छन्। संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन उनी न्युयोर्क जाने भएका हुन्। महासभालाई प्रधानमन्त्री शाहले असोज ८ गते सम्बोधन गर्ने तय भएको छ।उनी असोज ९ गते स्वदेश फर्किने कार्यक्रम छ।
छोटो अवधिका लागि न्यूयोर्क जान लागेका प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै नेपालमा भोटेकोशी बाढीबाट भएको ठूलो मानवीय तथा भौतिक क्षतिबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने तयारी गरेका छन् ।
यसअघि परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल महासभामा सहभागी हुने तय भएको थियो। तर भोटेकोसी बाढीले ठूलो जनधनको क्षति गरेपछि प्रधानमन्त्रीनै महासभामा गएर आवाज उठाउन दबाब बढेका कारण उनी जान लागेका हुन् ।









