गृहमन्त्री सुधन गुरुङ ललितपुरको सातदोबाटोमा निर्माण गरिएको ‘जेनजी समृति पार्क’ उद्घाटन नगरी फर्किएका छन्।
सालिकहरू आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको अनुहारसँग मेल नखाएको भन्दै परिवारका सदस्यले आपत्ति जनाएपछि गुरुङ पार्क उद्घाटन नगरी फर्किएका हुन् ।
पार्कमा गत वर्षको भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका गरेका ४५ जनाको शालिक निर्माण गरिएको छ।
सातदोबाटो पौडी पोखरी परिसरको दुई रोपनी जग्गामा निर्माण गरिएको पार्कलाई जेनजी शहीदहरूको स्मृतिसँग जोड्ने गरी डिजाइन गरिएको सरकारले बताएको छ।









