नवलपुर, भदौ २७ गते । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको गौँडाकोट नगरपालिका १२ हर्कपुरमा दुई वटा बस एकापसमा ठोक्किएर दुर्घटना हुँदा १८ जना घाइते भएका छन् ।
नारायणघाटबाट बुटवल तर्फ जाँदै गरेको लु २ ख ६४५७ नम्बरको बसलाई नारायघाटबाट तुल्सिपुरतर्फ जाँदै गरेको लु २ ख ६०३६ नम्बरको बसले पछाडीबाट ठक्कर दिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा कालिकोट तिलागुफा–३ का ३६ वर्षीया धनमान हमाल, गैँडाकोट–५ का वर्ष ६० की लिला थापा, गैँडाकोट–६ की ४३ वर्षीया मिरा आचार्य, बारा कलैया–९ का ६० वर्षका मोहन भैया साह, चितवन भरतपुर–२ का ३१ वर्षीया निशा तिवारी, उनका ८ वर्षीय छोरा ऐट्रेन भट्ट, दाङको सरला नगरपालिका–१६ का ५५ वर्षका निमलाल खड्का र उनकी श्रीमती ५५ वर्षकी अमृता खड्का घाइते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक अनिल पण्डितले जानकारी दिए ।
त्यस्तै रुपन्देही मायादेवी–६ का वर्ष ५७ का मनोज गुरुङ, उनकी श्रीमती ५१ वर्षीया हुमा गुरुङ, गैँडाकोट–५ का ५२ वर्षीय प्रेम बहादुर रानाभाट, गैँडाकोट–७ का १२ वर्षीया आत्रिया पौडेल, गैँडाकोट–१५ का वर्ष ४० की माधवा ज्ञावाली, गोरखाको गोरखा गाउँपालिकाका ३५ वर्षीय शंकर बयलकोटी, गैँडाकोट–२ का ३८ वर्षीया सिता ज्ञावाली, उनकी छोरी ११ वर्षीया जस्विन ज्ञावाली, भरतपुर–४ का ४७ वर्षका सन्तोष बहादुर गरुङ र चितवन रत्ननगर–२ का १० वर्षीया दिभा रानाभाट घाइते भएको पण्डितले जानकारी दिए ।
दुर्घटनाका सबै घाईतेको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले दुबै बस र ६४५७ नम्वरको बसका चालक नवलपुरको वौदीकाली गाउँपालिका–६ का ४२ वर्षीय लोक बहादुर थापा मगरलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।









