पोखरामा भएको स्कुल बस दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । यसअघि ३ जनाको मृत्यु भएको चिकित्सकले घोषणा गरेकोमा थप २ जना बालिकाको मृत्यु भएको कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीले जानकारी दिए ।
उनका अनुसार पोखरा २८ माझठानाबाट कालिका आउँदै गरेको स्कुल बस दुर्घटना भएको हो । दुर्घटनाग्रस्त बसमा २५ जना रहेको बताइएको छ । तीमध्ये २१ जना विद्यार्थी हुन् । उनीहरू परीक्षाको तयारीका लागि ट्युसन पढ्न जाँदै थिए । सबैजना १० कक्षाका विद्यार्थी रहेको प्रहरीले जनाएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार दुर्घटनामा १५ वर्षीया ममता तिवारी, १३ वर्षीय असिम कँडेल, ६५ वर्षीय बाबुराम तिवारी, १५ वर्षीय शुभेच्छा तिवारी र नाम थर नखुलेकी १५ वर्षीया किशोरीको मृत्यु भएको हो।
घाइते १२ जनाको भने सोही अस्पतालमा उपचार भइरहेको छ।
अस्पतालका अनुसार यी हुन् घाइते
१. अस्मी कँडेल, १६ वर्ष (आईसीयूमा)
२. सोनिया तिवारी, १३ वर्ष
३. स्नेहा खत्री, १४ वर्ष
४. अंकित पराजुली, १३ वर्ष
५. स्नेहा तिवारी, १५ वर्ष
६. स्मृति खत्री, १५ वर्ष
७. सुप्रिया आचार्य, १४ वर्ष
८. मेरिना तिवारी, १५ वर्ष
९. आकृति बुढाथोकी, १४ वर्ष
१०. अर्जुन शाही, ३१ वर्ष
११. यमन मगर, १६ वर्ष
१२. तुलबहादुर गुरुङ, ५७ वर्ष