कर्मचारी र जनप्रतिनिधिका लागि तनाव व्यवस्थापन कार्यक्रम

कावासोती, असोज २३ गते । नवलपुरको कावासोती–१६ डण्डामा सार्वजनिक सेवामा कार्यरत जनशक्ति र राष्ट्रसेवक कर्मचारीका लागि तनाव व्यवस्थापन तथा स्वास्थ्य प्रवद्र्धन सम्बन्धि प्रशिक्षण कार्यक्रम गरिएको छ । अग्यौली सामुदायिक स्रोत पुस्तकालय केन्द्रको आयोजनामा कार्यक्रम गरिएको हो ।

वरिष्ठ प्राकृतिक चिचित्सा तथा अन्तराष्ट्रिय योग खेल प्रशिक्षक डा संग्राम पुरीले दिएको प्रशिक्षण कार्यक्रम दुई दिनसम्म चल्ने छ । शुक्रबारको प्रशिक्षण पुस्तकालयमा भएको छ भने शनिवार मध्यविन्दु सामुदायिक हरियाली वनको सभा हलमा आयोजना गरिएको छ ।

कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य पद्मा जिसी श्रेष्ठ, जिल्ला समन्वय समिति प्रमुख बाबुराम विश्वकर्मा, उपप्रमुख सकुन्तला लम्साल, मध्यविन्दु नगरपालिकाका प्रमुख भिमलाल अधिकारी, कावासोती नगर उपप्रमुख फूलकुमारी थनेत लगायत झण्डै ६० जनाको उपस्थिती रहेको थियो ।

कार्यक्रममा खानपान शैली, ध्यान, योगाभ्यास, नियमित स्वास्थ्य अभ्यास, बसाई व्यवस्थापन लगायत विभिन्न विषयमा डा पुरीले प्रशिक्षण दिएको पुस्तकालयका अध्यक्ष शिव गिरीले जानकारी दिए । यी कुराहरुले तनाव दिने र त्यसको असर मानसिक र शारिरिक स्वास्थ्यमा पार्नेे भएकाले हेरक कुरामा ध्यान दिनुपर्ने प्रशिक्षक पुरीको भनाइ छ ।