भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरुको पितृ उद्धारका लागि त्रिवेणीमा विशेष यज्ञ लगाइने

नवलपुर, मंसिर ५ गते । नवलपुरको त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा सञ्चालन भइरहेको एकमहिने अष्टाचल धनधान्याचल श्री गजेन्द्रमोक्ष नारायण वैभव विराट महायज्ञअन्तर्गत पितृ उद्धारका लागि तीनदिने विशेष यज्ञ आयोजना गरिने भएको छ।

विश्वशान्ति तथा पितृ उद्धारको उद्देश्यसहित मुक्तिनाथ बाबाको सत्सङ्कल्पमा सञ्चालित महायज्ञमा मंसिर २०, २१ र २२ गते पितृ उद्धार यज्ञका लागि समय छुट्याइएको १००८ स्वामी कमलनयन आचार्यले जानकारी दिए।

गत असोजमा भोटेकोशीमा आएको बाढीका कारण ज्यान गुमाएका व्यक्तिहरू तथा अन्य अल्पायुमै मृत्यु भएका दिवंगत आत्माहरूको उद्धार र शान्तिको कामनासहित विशेष यज्ञ आयोजना गर्न लागिएको आचार्यले बताए । उनका अनुसार पितृ उद्धारका लागि विशेष कार्यक्रम सञ्चालन भए पनि महायज्ञका अन्य धार्मिक तथा सांस्कृतिक कार्यक्रम भने नियमित रूपमा सञ्चालन भइरहने छन ।

वि.सं. २०८३ साल नेपाली जनताका लागि विभिन्न दुःखद् घटनाले पीडादायी बनेको उल्लेख गर्दै आचार्यले विश्वशान्ति, मानव कल्याण र दिवंगत आत्माहरूको शान्तिको कामनासहित महायज्ञ आयोजना गरिएको बताए ।

त्रिवेणीमा श्री गजेन्द्रमोक्ष वैदिक विश्वविद्यालय स्थापना गर्ने लक्ष्यसहित मंसिर १ गतेदेखि २९ गतेसम्म महायज्ञ सञ्चालन भइरहेको छ। त्रिवेणीस्थित श्रीमुक्तिनाथ पीठ वेदविद्याश्रमलाई विस्तार गरी महाविद्यालयका रूपमा विकास गर्ने र त्यसैलाई आधार बनाएर वैदिक विश्वविद्यालय स्थापना गर्ने उद्देश्य महायज्ञले राखेको छ।

विश्वविद्यालय स्थापनाका लागि आवश्यक स्रोत व्यवस्थापन तथा जनसहभागिता जुटाउने उद्देश्य रहेको गजेन्द्रमोक्ष दिव्यधामका पीठाधीश तथा मुक्तिनाथ बाबाका उत्तराधिकारी कृष्ण प्रपन्नाचार्यले जानकारी दिए ।

एक महिनासम्म सञ्चालन हुने महायज्ञलाई धार्मिक अनुष्ठानमा मात्र सीमित नराखी वैदिक धर्म, संस्कृति, शिक्षा र सामाजिक एकताको