नवलपुर, असोज २५ गते । नवलपुरको कावासोती-३ मा रहेको मध्यविन्दु बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थी यमकला पौडेल मनिषाले बिबिए सातौँ सेमेस्टरको परीक्षामा नेपाल प्रथम हुन सफल भएकी छिन् ।
सातौं सेमेष्टरको बोर्ड परीक्षामा ४ एसजीपीए प्राप्त गर्दै पौडेल नेपाल प्रथम हुन सफल भएकी हुन्। बीबीएतर्फ क्याम्पसको इतिहासमै पहिलो पटक उनले पूर्ण ४ एसजीपीए प्राप्त गर्दै राष्ट्रियस्तरमा उत्कृष्ट उपलब्धि हासिल गर्न सफल भएको क्याम्पस प्रशासनले जनाएको छ ।
उत्कृष्ट नतिजा हासिल गरेकी पौडेलको सफलतालाई क्याम्पसले ऐतिहासिक उपलब्धि मााेको छ । उनको मेहनत, लगनशीलता र दृढ संकल्पले क्याम्पसकोबीन शैक्षिक प्रतिष्ठा थप उचाइमा पुर्याएको भन्दै क्याम्पस परिवारले उनलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ।
यसैगरी, परीक्षामा सफलता हासिल गर्ने क्याम्पसका सम्पूर्ण विद्यार्थीलाई पनि बधाई दिँदै क्याम्पसले आगामी दिनमा अझ उत्कृष्ट नतिजा हासिल गर्ने क्याम्पस प्रमुख गणेशमान गिरीले विश्वास व्यक्त गरेका छन् । यमकला पौडेलको यो उपलब्धिले अन्य विद्यार्थीलाई समेत अध्ययनमा उत्कृष्टता हासिल गर्न प्रेरणा मिल्ने क्याम्पस प्रशासनले अपेक्षा गरेको छ।

अन्य संकायतर्फ पनि उत्कृष्ट नतिजा निकालिरहेको मध्यविन्दु क्याम्पस जिल्लाकै क्याम्पस मानिन्छ । यो नतिजाले पनि त्यो पुष्टि गरेको क्याम्पसको दावी छ ।







