काठमाडौं । सत्तारुढ गठबन्धन दलहरुबीच प्रदेश सरकार गठनको भागबण्डामा सहमति भएको छ । दलहरुबीच आइतबार साँझ बालुवाटारमा भएको छलफलमा बाँकी ६ वटा प्रदेशको पनि बाँडफाँट भएको हो ।
जसमा गण्डकी र लुम्बिनीमा एमालेले सरकार बनाउने, बागमती र सुदूरपश्चिममा एमाले र माओवादीले आलोपालो गर्ने सहमति भएको छ । यस्तै मधेस प्रदेशमा जसपा र जनमतले आलोपालो सरकार बनाउने र कर्णालीमा माओवादीले सरकार बनाउने सहमति भएको छ ।
प्रदेश १ मा भने नेकपा एमालेका हिक्मत कार्की आजै मुख्यमन्त्री नियुक्त भइसकेका छन् । प्रदेश एकमा माओवादी र एमालेबीच आलोपालोको सहमति भएको छ ।









