लुम्बिनी प्रदेशमा सभामुख र उपसभामुख चयनका लागि माघ ३ गते चुनाव हुने

बुटबल । लुम्बिनी प्रदेशमा सभामुख र उपसभामुख चयनका लागि माघ ३ गते चुनाव हुने भएको छ । लुम्बिनी प्रदेश सभा सचिवालयलले माघ ३ गते मतदान गर्ने गरी सभामुख र उपसभामुखको चुनावी कार्यतालिका सार्वजनिक गरेको छ ।

सचिवालयका अनुसार माघ २ गते दिउँसो १ बजेदेखि ५ बजेसम्म सभामुख र उपसभामुखको उम्मेदवारी मनोनयन गरिने छ भने त्यही दिन साढे ५ बजे उम्मेदवारको सूची सार्वजनिक गरिने छ ।

सभामुख चयनका लागि भने ३ गते दिउँसो १ बजे प्रदेश सभा बैठक बस्ने सचिवालयले जनाएको छ । सत्तारुढ दलहरुबीच लुम्बिनी प्रदेशको सभामुख नेकपा माओवादी केन्द्रले र उपसभामुख राप्रपाले लिने सहमति छ ।