सन्दीपलाई मुद्दाबारे सञ्चारमाध्यम वा सामाजिक सञ्जालमा अभिव्यक्ति दिन रोक

काठमाडौं । आफूविरुद्ध लागेको बलात्कार मुद्दाको विषयमा सञ्चारमाध्यम र सामाजिक सञ्जालमा अभिव्यक्ति दिन क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले रोक लगाएको छ ।

लामिछानेलाई बलात्कार अभियोगमा थुनामा राखेर मुद्दाको किनारा लगाउन काठमाडौं जिल्ला अदालतले दिएको आदेश बदर गर्दै उच्च अदालत पाटनले सर्तसहित २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

बिहीबार उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलासले लामिछानेलाई सर्तसहित रिहाइ गर्न आदेश दिएको हो । आदेशमा भनिएको छ, ुमुद्दाका वादी वा परिवारका सदस्य तथा मुद्दाका सन्दर्भमा सञ्चारमाध्यम र सामाजिक सञ्जालमा कुनै विचार, टिप्पणी वा धारणा व्यक्त गर्न रोक लगाइएको छ ।