दुर्घटनाग्रस्त विमानबाट तीन जनाको जिवितै उद्दार

काठमाडौं । काठमाडौंबाट पोखराका लागि उडेको ९एन एएनसी एटीआरको दुर्घटनाग्रस्त जहाजबाट तीनजनाको जीवितै उद्धार गरिएको छ ।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले तीनजनाको गम्भीर अवस्थामा जीवितै उद्धार गरिएको जानकारी दिए । उनीहरुलाई उद्दार गरी अस्पताल पठाइएको छ । उनीहरुको पहिचान खुलेको छैन । स्वास्थ्य अवस्थाबारे भन्न सकिन्न ।”

हालसम्म घटनास्थलबाट ३५ जनाको शव संकलन गरिएको छ । बिहान १० बजेर ३३ मिनेटमा काठमाडौंबाट पोखराका लागि उडेको जहाज दुर्घटनामा परेको हो । विमानमा चालक दलका चार सदस्यसहित ७२ जना सवार थिए ।