दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

दाङ । दाङमा मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। सोमबार बिहान करिब २ बजेतिर घोराही १६ को सर्रा सौडीयार सडक खण्डमा रा ५ प ९५१४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक घोराही उपमहानगरपालिका १६ लेटार बस्ने २१ वर्षीय सुशील चौधरी र मोटरसाइकलको पछाडि बसेका सोही ठाउँका १८ वर्षीय विवेक चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।