पोखरा । आइतबार बिहान पोखरामा दुर्घटनामा परेको यति एयरलाइन्सको ‘ब्ल्याक बक्स’ फेला परेको छ । सोमबार बिहान दुर्घटनास्थलमा ब्ल्याक बक्स भेटिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिए ।
विमान दुर्घटनापछि सधैँ ब्ल्याक बक्स खोजिन्छ, किनकी यसमा भएको तथ्यांकले विमान दुर्घटनाको कारण पत्ता लगाउन सहयोग गर्छ । ‘ब्ल्याक बक्स’ भनेर चिनिने सामग्रीको वास्तविक नाम भने फ्लाइट डाटा रेकर्डर हो । यसले वास्तवमै तथ्यांकको रेकर्ड राख्छ ।
दुर्घटनापछि अनुसन्धानलाई सहज बनाउन, इन्जिनको आवाज, तापक्रम, इन्धनको प्रवाह, विमानको गति, उचाइ र झर्ने दरलगायतका उडानसँग सम्बन्धित तथ्यांकको यसले रेकर्ड राख्छ ।









