पोखरा । पोखरामा आइतबार दुर्घटना भएको यती एयरलाइन्सको विमान दुर्घटनामा परेकामध्ये ६८ जनाको शव भेटिएको छ । कास्की प्रहरीका अनुसार हिजो ६३ र आज थप ५ वटा शव फेला परेको हो ।
हराइरहेका ४ जनाको अझै खोजी जारी छ । भेटिएका सबै शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । अहिले शवको पहिचानको काम भइरहेको छ । हालसम्म ३५ शवको पहिचान भइसकेको प्रहरीले जनाएको छ । पोष्टमार्टम पछि शव आफन्तको जिम्मा लगाइनेछ ।
शव जिम्मा लगाउन शव बाहन र एम्बुलेन्स तयार पारिएको छ । पहिचान नभएका, विदेशी र काठमाडौंकाको शव हेलिकोप्टरमार्फत काठमाडौं पठाइने छ ।









