विमान दुर्घटनामा कावासोतीका कृषि प्रसार अधिकृत श्रेष्ठको पनि मृत्यु

कावासोती । आइतबार पोखरामा भएको विमान दुर्घटनामा नवलपरासी कावासोती–६ विष्णुनगरका मोहनप्रकाश श्रेष्ठको पनि मृत्यु भएको छ । विगत पाँच वर्षदेखि उनी कृषि ज्ञानकेन्द्र म्याग्दीमा कृषि प्रसार अधिकृतका रुपमा कार्यरत थिए ।

३४ वर्षीय श्रेष्ठको विमान दुर्घटनामा निधन भएको हो । केन्द्रका प्रमुख किरन सिग्देलले सोमबार बिहान श्रेष्ठको शवको पहिचान भएको बताए । नवलपुर स्थायी ठेगाना भएका श्रेष्ठ गत असोजमा म्याग्दीमा सरुवा भएर गएका थिए । २०७४ मा निजामती सेवामा प्रवेश गरेका श्रेष्ठ म्याग्दी जानुअघि नवलपुरमा कार्यरत हुनुहुन्छ ।

श्रेष्ठको परिवारले हिजो नै पोखरा पुगेर शव पहिचान गरिसकेका छन् । शव आजै परिवारलाई जिम्मा लगाउने तयारी भइरहेको परिवारले जनाएको छ ।