आफ्नै न्यायाधीश श्रीमानलाई पक्राउ गर्न माग गर्दै सर्वोच्चमा श्रीमतीको प्रदर्शन (भिडियोसहित)

काठमाडौं। कपिलवस्तु जिल्ला अदालतका न्यायाधीश भुवन गिरीलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै सर्वोच्च अदालत परिसरमा न्यायाधीशकी आफ्नै श्रीमती सहितले विरोध प्रदर्शन गरेका छन् । मंगलवार उनकी श्रीमतीले सर्वोच्च अदालत परिसरमा विरोध प्रदर्शन गरेका हुन् ।

न्यायाधीश गिरीकी श्रीमती आरती गिरी रावललेसहितले अपराधीलाई कारबाही नगरी न्यायालयको कुर्सीमा राखिरहेको भन्दै तत्काल पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाउन भन्दै विरोध गरे ।

गिरीमाथि कारबाही प्रक्रिया अघि नबढेको भन्दै पीडित महिलाले मंगलवार सर्वोच्च अदालत अगाडि कालो कपडा लगाएर कपाल फाल्दै प्रदर्शन गरकी थिएन् । प्रदर्शनमा सहभागी बिनु यादवले आफूहरु धेरै पटक न्यायपरिषद्मा गएपनि मुद्दा दर्ता नगरेको र पीडितका कुराहरु सुनुवाइ नभएको बताइन् ।

उनले आफ्ना मागहरु अझै सुनुवाई नगरे विरोध प्रदर्शनलाई अघि बढाइरहने चेतावनी दिए । उनले आफू काका ससुराबाट पटक पटक बलात्कारकारको प्रयासमा परेको तर अहिलेसम्म पनि मुद्दा पिडकलाई कारबाही हुन नसकेको बताए ।

उनले भनिन्, ‘न्यायाधीश भुवन गिरी हुनुहुन्छ, उहाँको श्रीमती हो आरती गिरी । हामी धेरै पटक भइसक्यो, न्यायालय धाएको तर प्रक्रिया अघि बढाइदिनु भएको छैन । न्यायका लागि हामीले आत्मदाह गर्नुपर्ने हो । हामी पीडितहरु अब सडकमा उत्रिएर आन्दोलन गर्नेछौँ । काका ससुरा पर्नेबाट पटक पटक बलात्कारको प्रयास भयो म माथि । उसलाई खोइ सजाय, हामीलाई न्याय दिएको खै ?’

त्यस्तै अर्की प्रदर्शन गर्न पुगेकी कृतिका यादवले नेपालको न्यायालयमा न्यायाधीश नै बिक्ने गरेको आरोप लगाइन् । उनले आरोपित गिरीको कम्प्लेन नै न्याय परिषद्ले लिन नमानेको बताए ।

उनले भने, ‘भुवन गिरीलाई गिरफ्तार त परको कुरा कम्प्लेन मात्रै पनि कसैले गरेको छैन । उनी न्यायाधीश हुन्, के उनको लागि कुनै कम्प्लेन रजिस्टार हुँदैन । भारतकी छोरीको त रक्षा हुँदैन हुँदैन, नेपालकै छोरीको त रक्षा गर्नुस् । वकील बिक्छ, प्रहरी बिक्छ । कोही पनि यहाँ निष्पक्ष हुँदैन।’

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा न्यायाधीश गिरीमाथि वैवाहिक बलात्कार र घरेलु हिंसाको जाहेरी छ ।

हेर्नुस् भिडियो