राप्रपाको प्रमुख सचेतकमा ज्ञानेन्द्र शाही मनोनित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को प्रमुख सचेतकमा ज्ञानेन्द्र शाही मनोनित भएका छन्। पार्टी संसदीय दलको विधान वमोजिम अध्यक्ष राजेन्द्र लिङ्देनले शाहीलाई प्रमुख सचेतकमा मनोनयन गरेको प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए।

राप्रपाका प्रवक्ता समेत रहेका शाही जुम्लाबाट प्रतिनिधिसभामा निर्वाचित भएका हुन्। उनी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा मन्त्री हुने चर्चा थियो। तर,पार्टी अध्यक्ष लिङदेनले अरुलाई मन्त्री बनाएर शाहीलाई संसदीय जिम्मेवारी दिएका हुन्। सरकारमा राप्रपाले उपप्रधानसहित तीनमन्त्री र एक राज्यमन्त्री पाएको छ ।