कांग्रेस । नेकपा एमालेका सांसद देवराज घिमिरेले प्रतिनिधि सभाको सभामुखमा उम्मेदवारी दिएका छन्। उनको प्रस्तावकमा एमाले सांसद सुवास नेम्वाङ छन् भने समर्थकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछाने र माओवादी केन्द्रका सांसद हितराज पाण्डे छन्।
बिहीबार हुने मतदानका लागि घिमिरेले सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका हुन्। उनी झापा २ बाट निर्वाचित सांसद हुन्।
सभामुखको निर्वाचन बिहीबार प्रतिनिधि सभा बैठकमा हुनेछ । प्रतिनिधि सभा बैठक भोली बिहान ११ बजेका लागि बोलाइएको छ । सत्ता गठबन्धनमा सभामुख नेकपा एमालेको भागमा परेको छ ।
संवैधानिक व्यवस्था अनुसार संघीय संसद बैठक सुरु भएको १५ दिनभित्र प्रतिनिधि सभा सदस्यमध्येबाट सभामुख चयन गर्नुपर्ने हुन्छ । उक्त समय घर्किन लागेपछि प्रतिनिधि सभामा सभामुख चयन गर्न लागिएको हो ।









