सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– ११ रत्न राजमार्गमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । छिन्चुबाट वीरर्न्द्रनगरतर्फ जाँदै गरेको बा प्र ०१०२६ च ९२१३ नम्बरको को जिप दुर्घटना भएको हो
बिहान साढे २ बजे अनियन्त्रित भएर जिप दुर्घटना हुँदा चालक वीरेन्द्रनगर नगरपालिका–७ का २७ वर्षीय सागर शाही, दैलेखको डुङ्गेश्वर गाउँपालिका–५ का ३३ वर्षीय दीपेन्द्रजंग शाही, दैलेख भगवतिमाई गाउँपालिका– ५ का ३१ वर्षीय बविन शाही र दैलेख गुराँस गाउँपालिका–३ का ३६ वर्षीय राजेन्द्र बिसीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका उनीहरूको कर्णाली प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दैलेख भैरवी गाउँपालिका– ५ का २५ वर्षीय वीरेन्द्रराज शाही दुर्घटनामा घाइते भएका छन् । गाडी सडकबाट ७० मिटर तल खोलामा खसेको प्रहरीले जनाएको छ ।









