काठमाडौं । आत्मदाह प्रयास गरेका इलामका प्रेम आचार्यको मृत्यु भएको छ। मंगलबार नयाँ बानेश्वस्थित संघीय संसद भवन अगाडि आत्मदाह प्रयास गरेका आचार्यको बुधबार बिहान उपचारको क्रममा मृत्यु भएको हो।
कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा उनको निधन भएको डा किरण नकर्मीले जानकारी दिए । डा नकर्मीका अनुसार आज बिहान ५ बजे आचार्यको निधन भएको हो ।
इलामका आचार्यले मंगलबार दिउँसो बानेश्वरस्थित संसद् भवन अगाडि आफैमाथि आगो लगाएका थिए । उनले आत्मदाह गर्नुको कारणसहित लामो स्टाटस लेखेको थिए ।









