काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री शिशिर खनालको राजिनामा माग गर्दै बिद्यार्थीहरुले पुत्ला दहन गरेका छन् । शुक्रबार बिहान नेकपा एकीकृत समाजवादी निकटको विद्यार्थी संगठन अनेरास्ववियूले राजधानीको प्रर्दशनीमार्गस्थित रत्नराज्य क्याम्पस अगाडि पुत्ला दहन गरेको हो ।

कक्षा एकदेखि पाँचसम्मको पाठ्यपुस्तक छाप्ने जिम्मा निजी संस्थालाई दिने शिक्षामन्त्री खनालको निर्णयका विरुद्धमा अनेरास्ववियूले पुत्ला दहन गरेको हो । उनीहरुले शिक्षामन्त्री खनाललाई शैक्षिक माफियाको संज्ञा दिँदै नीजि क्षेत्रलाई पोस्ने र गरिब विद्यार्थीलाई सोस्ने काम गरेको आरोप लगाएका छन् ।

आन्दोलित विद्यार्थीहरुले शिक्षामन्त्री खनालको राजीनामा समेत माग गरेका छन् ।









