सबैभन्दा बढि भ्रष्टाचार हुने मुलुकमा सोमलिया, नेपाल ११० औं स्थानमा

काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेसनलले आज भ्रष्टाचार अवधारणा सूचकांक  सार्वजनिक गरिएको छ । यस वर्ष सूचकांकमा  डेनमार्क ९० अंक प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक र सोमालिया १२ अंक प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकका रूपमा सूचीकृत भएका छन् ।

यस सूचकांकमा  १०० अंकले अति स्वच्छ र ० अंकले अति भ्रष्ट जनाउँछ भने ५० भन्दा कम अंक प्राप्त भएमा बढी भ्रष्टाचार हुने मुलुकका रूपमा मानिने गरिएको छ । यस वर्षको औसत अंक ४३ रहेको र विश्वका दुईतिहाई मुलुकमा भ्रष्टाचार गम्भीर समस्याको रूपमा रहेको उल्लेख गरिएको छ ।

नेपालले ३४ अंक प्राप्त गरी भ्रष्टाचार हुने मुलुकको ११० औं स्थानमा छ। अघिल्लो वर्ष नेपाल ३३ अंक प्राप्त गरी ११७औं स्थानमा परेको थियो। सूचांकमा १०० अंकले अति स्वच्छ र ० अंकले अति भ्रष्ट जनाउँछ भने ५० अंक (स्कोर) प्राप्त भएमा बढि भ्रष्टाचार हुने मुलुकको रुपमा मानिने गरिएको छ। यस वर्षको औसत अंक ४३ रहेको र विश्वका दुई तिहाइ मुलुकमा भ्रष्टाचार गम्भीर समस्याको रूपमा देखिएको उल्लेख छ।