कावासोतीमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

नवलपुर, साउन १६ गते । पूर्वपश्चिम राजमार्ग अन्तरगत नवलपुरको कावासोतीमा ट्रकको ठक्करबाट एक जना पैदल यात्रुको मृत्यु भएको छ ।

शनिवार बिहान कावासोती नगरपालिकाका-८ हलचोकमा कावासोतीबाट डण्डा तर्फ जाँदै गरेको बा ३ क १९०३ नम्बरको ट्रकले पैदल यात्री सोही ठाउँका ७९ वर्षीय तुलसी प्रसाद च्वाईलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ट्रकको ठक्करबाट च्वाईको घटनास्थलमै मृत्यु भएको कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक अनिल ढकालले जानकारी दिनुभयो । प्रहरीले ट्रक चालक प्यूठानको गौमुखी गाउँपालिका-४ का
२७ वर्षीय प्रकाश गिरिलेलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ