एजेन्सी । टर्कीमा आज बिहान शक्तिशाली भूकम्प गएको छ । दक्षिण पूर्वी टर्कीको गाजियान्टापमा बिहान ४ बजेर १७ मिनेटमा ७.८ म्याग्नेच्युटको शक्तिशाली भूकम्प गएको अमेरिकाको जियोलोजिकल सर्भेले जनाएको छ ।
सिरियासँगको सीमा नजिकै गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा १० जनाको मृत्यु भएको प्रारम्भिक विवरण आएको त्यहाँका स्थानीय अधिकारीहरूले बताएका छन् । क्षतिको पूर्ण विवरण आइसकेको छैन ।
भूकम्पको धक्का राजधानी अंकारासहित टर्कीका विभिन्न सहरहरूमा महसुस गरिएको थियो । भूकम्पको धक्का सिरिया र लेबनानसम्म महसुस गरिएको बेलायती अखबार दि गार्डियनले जनाएको छ । शक्तिशाली भूकम्पपछि पराकम्पहरु आइनै रहेको त्यहाँका अधिकारीले बताएका छन् ।









