विराटनगर । हाँस्य कलाकार पवन खतिवडा ‘म्याकुरी’ पक्राउ परेका छन् । उनलाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको हो । बेलबारी ४ का जीवन कार्कीलाई कुटपिट गरेको आरोपमा खतिवडा र रमेश भण्डारीलाई नियन्त्रणमा लिएको हो ।
खतिवडासहित २ जनामाथि मादक पदार्थ पिएर झगडा गरेको आरोप छ । मङ्गलवार राति बेलबारी नगरपालिका १ स्थित होटेलमा खतिवडाले मादक पदार्थले मातेर झगडा गरेका थिए ।
होटेलबाट बाहिर निस्किएर झगडा गरिरहेको खबर स्थानीयले प्रहरीलाई गरेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको मोरङ प्रहरीले जनाएको छ ।









