काठमाडौं । ड्रिम हाई नेपालले आयोजना गरेको दोस्रो एलआईसी नेपाल मिडिया अवार्ड २०७९ मा संचारकर्मी कृष्णा ताम्राकार र भुषण दाहाललाई सम्मान गरिएको छ । ताम्राकारलाई लाइफटाइम एचिभमेन्ट अवार्ड (दीर्घसाधना सम्मान) र दाहाललाई दशकको उत्कृष्ट पत्रकारिता सम्मानबाट सम्मान गरिएको हो ।
वरिष्ठ पत्रकार भैरव रिसालले ताम्राकारलाई नगद एक लाख ११ हजार एक सय ११ र दाहाललाई ५१ हजार एक सय ११ रुपैया तथा प्रमाणपत्रसहित सम्मान गरे ।
त्यस्तै विभिन्न विधाका १० जना पत्रकारलाई पनि नगदसहित अवार्ड प्रदान गरिएको छ । टेलिभिजन, छापा, एफएम रेडियो र अनलाइन सञ्चारमाध्यमहरूमा कार्यरत सञ्चारकर्मीहरूको पछिल्लो एक वर्षयताको उपस्थिति र प्रस्तुतिलाई आधार बनाएर सम्मान र पुरस्कार प्रदान गरिएको ड्रिम हाइ नेपालका अध्यक्ष कमल जिसीले बताए ।
जसमा यो वर्षको बेष्ट टेलिभिजन जर्नालिस्ट अफ द इयरबाट योहो टेलिभिनका जिबराम भण्डारी, फोटो जर्नालिस्ट अफ इयरबाट मिन बज्राचार्य, बेष्ट अनलाइन जर्नालिस्ट अफ द इयरबाट साझा पोष्टका कार्यकारी सम्पादक बोमलाल गिरी र बेष्ट प्रिन्ट जर्नालिस्ट अफ इयरबाट नयाँ पत्रिका दैनिकका सिल्पा कर्णलाई अवार्ड प्रदान गरियो ।
त्यस्तै बिजनेश जर्नालिजम अफ द इयरबाट केटिएम भ्वाइस डटकमका रोयल आचार्य, रेडियो जर्नालिस्ट अफ द इयरबाट रेडियो कान्तिपुरका अनिल परियार, बेष्ट काटुनिष्ट अफ इयरबाट नागरिक दैनिकका रविन सायमी, बेष्ट इन्टरटेन्मेन्ट जर्नालिस्ट अफ द इयरबाट बाह्रखरीका नरेश फुँयाल, बेष्ट स्पोर्टस जर्नालिस्ट अफ द इयरबाट नागरिक दैनिकका अनिल मल्ल ठकुरी र बेष्ट युटुव च्यानल अफ द इयरबाट मोहन बस्नेत सम्मानित भएका छन् ।
त्यस्तै विकास खतिवडालाई फोटोग्राफि सम्मान, भिम बहादुर मल्ल ठकुरीलाई विशेष सम्मान र कृष्ण कंडेललाई पब्लिक च्याइस अवार्डबाट सम्मान गरिएको थियो ।









