काठमाडौं । बिन्दबासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मी पक्राउ परेका छन् । थाईल्याण्डबाट नेपाल आउँदै गरेका बेला केन्द्रीय साइबर ब्यूरोले रेग्मीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।
रेग्मीलाई विमानस्थलबाटै पक्राउ गरिएको साइबर ब्यूरोका एसएसपी नवीन्द अर्यालले जानकारी दिए । उनका अनुसार साइबर अपराधको आरोपमा पक्राउ परेका रेग्मीको आजै अदालतमा म्याद थप गरिने तयरी भइरहेको छ ।
गायक प्रमोद खरेलसहित ४ जना कलाकारले उजुरी दिएपछि उनलाई पक्राउ गरिएको हो। उनले सामाजिक सञ्जालमामार्फत् विभिन्न कलाकारहरुविरुद्ध अपशब्द प्रयोग गरेको तथा लाञ्छना लगाउने गरेको आरोप छ। खरेलले दिएको उजुरीमा विभिन्न कलाकारलाई अश्लिल गाली गर्ने,अपशब्द प्रयोग गर्ने र कलाकारहरूको चरित्रहत्या गरेको उल्लेख छ।खरेल र रेग्मीबीच लामो समयदेखि द्धन्द चलिरहेको छ ।









