
छोरीलाई गाडीमै राखेर आफू बैठकमा सहभागी भएको उनले बताइन् । उनले छोरीलाई दूध खुवाउन बाहिर आएको र फेरि बैठकमा जाने बताइन् । बुधबार उनकी छोरी दुई महिना ६ दिनकी पुगेकी छन् ।
७ पुसमा कांग्रेस संसदीय दलको चुनाव हुँदा उनी त्यो दिन सुत्केरी भएकी थिइन् । संसदीय दलको चुनावमा उनले खामबाट आफ्नो मत हालेकी थिइन् । अस्पतालबाट उनको मत खाममा सिलबन्दी गरेर ल्याइएको थियो ।









