काठमाडौं । चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला निर्वाचित भएका छन्। शनिबार संघको १९ औं महाधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।
कुल खसेको ४६८ मत मध्ये निरौलाले २३५ मत पाउँदा रेजिना उप्रेतीले २०९ प्राप्त गरिन् । त्यस्तै उपाध्यक्षमा कविता गेलाल र शिवहरि वैरागी विजयी हुँदा महासचिव सविन श्रेष्ठ र सचिवमा रामेश्वर बुर्लाकोटी चुनिएका छन् ।
त्यसैगरि कोषाध्यक्षमा सुनिल कटुवाल विजयी हुँदा सह–कोषाध्यक्षमा पवित्रा आचार्य निर्विरोध निर्वाचित भएकी छन् । १० जना सदस्यहरूमा शीतल केसी, गोपाल ढकाल ‘छन्दे’, उद्धव प्रसाद भट्टराई, पवन केसी, नम्रता खरेल, पुकार भट्टराई, खुम्बु खड्का, सरिता राधोपाध्याय, रोशन श्रेष्ठ र समीर लामा विजयी भएका छन् ।
निरौला विजयी भएपछि निकटतम प्रतिस्पर्धी रेजिना उप्रतीले बधाइ दिएकी छिन् ।








