कृषिमा विदेशी लगानी ल्याउने निर्णयको विरोध गरिरहेका डेरी व्यवसायीहरु भारतबाट कच्चा दूध आयात खुलाउने ‘लविङ’मा जुटेका छन् । स्वदेशी उत्पादनले आन्तरिक आपूर्ति धान्न नसक्ने भन्दै भारतबाट काँचो दूध ल्याएर बजार माग धान्ने लक्ष्यसहित काँचो दूध ल्याउने उनीहरुले लविङ सुरु गरेका हुन् ।
जबकि, यसअघि डेरी एसोसिएसनकै नेतृत्वमा कृषि विदेशी लगानी खुला गर्ने सर्वोच्च अदालतको आदेशको विरोधमा उनीहरु सडकमा उत्रिएका थिए । २०७९ जेठ २० गते कृषिमा विदेशी लगानी खुलाउन दिएको आदेशको विरोधमा डेरी एसोसिएशनसहित ३७ वटा संस्था लागेका थिए ।
उनीहरुले कृषि क्षेत्रमा स्वदेशी लगानी नै प्रोत्साहन गर्नुपर्ने र विदेशी लगानीकर्तालाई लगानीको बाटो बन्द गर्नुपर्ने भन्दै चरणबद्ध आन्दोलनको घोषणा नै गरेका थिए । त्यस क्रममा डेरी क्षेत्रमा दैनिकजसो लगानी वृद्धि भइरहेको र हालसम्म ४० अर्बभन्दा धेरै लगानी भइसकेको बताइएको थियो ।
दूध उत्पादनमा नेपाल ८० प्रतिशतसम्म आत्मनिर्भर बनिसकेको र विदेशी लगानी नचाहिने दाबी गर्दै आइरहेका थिए । ४–५ महिना अघिसम्म कृषिमा विदेशी लगानी भित्र्याएर आत्मनिर्भर बन्ने सम्भावना नै रोक्ने गरी तीव्र विरोधमा उत्रिएका उनै डेरी व्यवसायी दूध आयात खुलाउनुपर्ने लविङमा जुटेका हुन् ।
नेपाल डेरी एसोसिएशनका अध्यप्क्ष प्रल्हाद दाहाल दू%








