कावासोती । नवलपुरमा लामो समय पानी नपरेपछि मकैको बोट सुक्न थालेका छन् । खडेरीले मकैको बोट बारीमै सुक्न थालेपछि किसान चिन्तित बनेका छन् ।
नवलपुरको कावासोती, देबचुली, गैंडाकोट, मध्यबिन्दु लगायतका ठाउँमा मकैको बोट सुक्न थालेको हो । लामो समय पानी नपरेपछि मकै मात्र नभएर तरकारी खेतीमा समेत प्रभाब परेको छ ।
नवलपुरमा धानसहित मुख्य खाद्यबालीको रुपमा मकैको खेती हुदै आएको छ । यहि अबस्था रहिरहे नवलपुरमा मकैको उत्पादनमा ह्रास आउन सक्ने कृषि ज्ञान केन्द्र नवलपुरका बागबानी बिकास अधिकृत शकंर पौडेलले जानकारी दिए ।
जिल्लामा ४५ सय ७० हेक्टर क्षेत्रफलमा मकैको खेती हुँदै आएको छ । यो वर्ष १३ हजार ५३० मेट्रीक टन मकै उत्पादन हुने अनुमान कृषी ज्ञान केन्द्र नवलपुरको छ








